प्राइम खबर संबाददाता | साउन २९, २०७८ शुक्रबार

रौतहट राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न रहेको एक अभियुक्तलाई जिल्ला अदालत रौतहटले साधारण तारिखमा रिहा गरेको छ । १० बर्ष अघि सदरमुकाम गौर स्थित अदालत चौक अगाडि बेलुकी लोडसेडिङको मौका छोपी राष्ट्रिय कुस्ती खेलाडी बैरागीको गोली हानी हत्या भएको थियो । हत्याको १० वर्ष पछि फरार अभियुक्त देवाही गोनाही नगरपालिका वडा नंबर ७ का  सोनफी पासवान भन्ने सोनफी हजरा गौर नगरपालिका वडा नंबर ५ मा हिडडुल गर्दैगरेको अवस्थामा बुधबार प्रहरीले  पक्राउ गरेको थियो।
पक्राउ परेका हजरालाई  जिल्ला अदालत रौतहटमा पेश गरिएको थियो । जिल्ला अदालतको १ नम्बर इजलाशमा न्यायधिश काजिबहादुर राईको आदेशमा उनलाई सामान्य तारेखमा छाडिएको छ ।  तत्कलानि प्रहरीले २०६८ साउनमा नै अनुसन्धान पुरा भएको भन्दै मुद्दा अदालतमा बुझाएको र अदालतले दिएको आदेश अनुसार नै कर्तव्य ज्यान मुद्दामा फरार रहेका  हजारालाई गत बुधबार प्रहरीले पक्राउ गरेको थियो । फरार अभियुक्त पक्राउ पछि पिडित परिवारले न्यालयबाट न्याय पाउँने आशा बढेको बताएका थिए ।   अदालतले अभियुक्तलाई समान्य तारिखमा रिहा गरेको खबर पाएपछि  पिडित परिवारले  न्यायको आशा मरेको भन्दै दुःख व्यक्त गरेका छन् ।