प्राइम खबर संबाददाता | साउन २९, २०७८ शुक्रबार

रौतहटको माधवनारायण नगरपालिकाका बासिन्दाले अब प्रशासनिक सेवा गरुडा बाट पाउने भएका छन ।
यस अघि जिल्लाको सदरमुकाम गौर बाट सेवा पाइरहेका नागरीकलाई आवतजावतमा समस्या भएको भन्दै पायक पर्ने  गरुडा बाट सेवा संचालन गर्न नेपाली काङ्ग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादबले  पहल गर गरेका थिए । 
अब उप्रान्त माधवनारायण नगरपालिकाका सेवाग्राहीहरुले ईलाका प्रशासन कार्यालय गरुडा बाट नागरिकता  प्रशासनिक  सेवा सहज रुपमा पाउने भएका छन्  । गृह मन्त्रालयले  नागरीकता लगाएका अभिलेखहरु गरुडालाइ हस्तान्तरण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटलाई निर्देशन समेत  दिईसकेको छ ।



गृहमन्त्री बालकृष्ण खाणले  शुक्रवारको मन्त्रीस्तरीय निर्णय बाट सेवा बिस्तार  गर्ने निर्णय गरेका हुन् ।  जिल्ला सभापती कृष्ण यादव र युवा नेता नितेश कुमार गुप्ताले गरुडा बाट प्रशासनिक सेवा शुरु गर्न निरन्तर  पहल गर्दै आएका थिए । युवानेता गुप्ता र सभापति यादवको पहलबाट नजिक बाटै सेवा पाउने भएपछि माधवनारायण बासीले सो निर्णयको स्वागत गरेका छन् ।