प्राइम खबर संबाददाता | साउन २५, २०७८ सोमबार
रौतहट जिल्लाको चन्द्रपुर स्थित नुनथर क्षेत्रमा रहेको बागमती नहरमा सोमबार बिहान बोलेरो जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकजना बेपता र ५ जना घाईते भएका छन ।
बाराको काजघाटमा रहेको महादेब मंन्दिरमा जल चढाउन रौतहटको पबित्र धार्मीक स्थल नुनथर क्षेत्र भएर बग्ने बाग्मती नदि बाट जल लिएर फर्कदै गरेको गरेको ना ५ च ३१६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बाराको गढिमाई नगरपालिका निबासी ४५ बर्षिय मिना देवी कोईरीको घटनास्थलमै मृत्यू भएको छ । सोही जिल्ला बोधीवन नगरपालिका निबासी ६५ बर्षिय सुनरी देवी मुखिया वेपता भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । २० जना सबार उक्त बोलेरो जीप नहरको ५० मिटर गहिराईमा खसेको थियो । नहरमा पानी भएको कारण बेपताको खोजीमा कठिनाई भइरहेको प्रहरीले बताएको छ ।
बोलेरो जीप दुर्घटना भएपछि प्रहरी चौकी पौराईका प्रहरीले तत्कालै १८ जनाको जीबितै उद्धार गरेको छ । उद्धार मध्ये घाईते भएका पाँच जनाको चन्द्रनिगाहपुर हस्पिटल प्रालिमा उपचार भैरहेको छ । बेपताको खोजीमा प्रहरी जुटेको छ भने स्थानीय लाई समेत सहयोग गरिदिन आग्रह गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले दुर्घटना भएको गाडी र चालक लाई नियन्त्रणमा लिइएको बताए ।