प्राइम खबर संबाददाता | माघ १५, २०७७ बिहिबार
चन्द्रपुर नगरपालिकाले सार्वजनिक जग्गा तथा सम्पति संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार चन्द्रनिगाहपुर स्थित होटल ए एन प्लाजामा आयोजित कार्यक्रमका नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जाग्गा तथा सार्वजनिक सम्पतीहरुको लेखा जोखा गर्दै अतिक्रमित जमीन तथा खाली प्रति जमीन लाई नगरपालिकाको स्वामित्वमा ल्याएर विभिन्न विकास पूर्वाधारका संरचना हरु निर्माण गर्न लागिएको नगरपालिकाका कार्यपालिका सदस्य काजीमान माझीले बताएका छन् ।
कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले नगरपालिका भित्र रहेको खाली प्रति जमीनहरुमा त्यसै खेर गएको र दुरुपयोग भएको स्थानहरू लाई विभिन्न संरचना हरुको निर्माण गरी चन्द्रपुर नगरपालिका लाई समुन्नत बनाउन लागि परेको बताएका छन् ।
सार्वजनिक जमीनलाई सदुपयोगमा ल्याई बसपार्क, तरकारी बजार तथा सिटी हल निर्माण गरिने नगरपालिका र नगरप्रमुख चौधरीको योजना सराहनीय रहेको र सम्बन्धित सबै सरोकारवालाहरु लाई समेत समेटेर सबैको सहयोग लिइ योजना बनाउँदा प्रभावकारी हुने सञ्जय कार्कीको सुझाव रहेको थियो ।
नगरपालिकाको महत्वाकांक्षी योजनाको अन्तर्क्रिया कार्यक्रममा नगरपालिकाका १० जना वडा अध्यक्षहरु मध्ये ५ वटा वडाका अध्यक्ष हरु मात्र सहभागी थिए बाँकी वडाध्यक्ष हरु कार्यक्रम मा उपस्थित नहुँदा कार्यक्रममा सहभागी अधिकांसले अनुपस्थित जनप्रतिनधिहरुको गैह्र जिम्मेवारीपन भनी आलोचना गरेका थिए ।
कार्यक्रम सञ्चालन नगरपालिकाका लेखा अधिकृत कृति राज सुवेदीले गरेका कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी वडा अध्यक्षहरु विरु रखाल, बोधनाथ देवकोटा, अमर ब आले, सञ्जय काफ्ले,विष्णु उप्रेती, पाशपत चौधरी,गोविन्द दुलाल लगायत कार्यपालिका सदस्यहरू काजीमान माझी,सरस्वती खुलाल,प्रेम कुमारी तिमल्सिना, सुना कार्की,विन्दा राम , उपेन्द्र राम लगायत विभिन्न संघ संस्था र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।