प्राइम खबर संबाददाता | साउन २३, २०७८ शनिबार
जिल्लामा कोभिड-१९ को संक्रमण पुर्ण रुपमा बढदै गईरहेको अवस्थालाई मध्य नजर गर्दै संक्रमण जोखिम बढ्न नदिने उदेश्यका साथ जिल्ला प्रहरी कार्यालय रौतहटले आज देखि तपाईंको माक्स खोइ अभियान सुरु गरेको छ। नेपालमै तेस्रो लहरको संक्रमण फैलिन लागेको हुँदा नियन्त्रण गर्न सो अभियान चालेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम साहले बताए।सो अभियानमा जिल्ला समन्वय समिति अध्यक्ष राम एकवाल राय यादवको अध्यक्षतामा सो अभियान सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर न.पा.का. नगर प्रमुख अजय कुमार गुप्ता, प्रमुख सेनानी राजन दाहाल, रौतहट प्रहरी प्रमुख प्र.उ.शिद्धी विक्रम शाह, स.प्र.उ. सुर्य बहादुर सेन ओली, जि.जनस्वास्थ्य कार्यालयका का. प्रमुख दिपेन्द्र कुमार राय, स्थानिय संचारकर्मीहरु, भद्र-भलादमी, बुद्धिजिवी, जनस्वास्थ्य कार्यालयका कर्मचारीहरु रहेका छन ।
जिप्रका बाट खटी गएका प्रहरी टोलीले बाटोमा आवत-जावत गर्ने मानिसहरु लाई रोकी "तपाईको मास्क खोई, मास्क र सेनिटाईजर प्रयोग गरौँ कोभिड-१९ बाट बचौँ अभियान सुरु गरिएको प्रहरी उपरीक्षक शाहले बताए । मास्क अभियान" भन्ने समेतको प्ले कार्ड सहितको जनचेतनामूलक कार्यक्रम गर्नुका साथै मास्क नलाएका मानिसहरुलाई कोभिड-१९ सम्बन्धी चेतनामूलक संदेश दिई लगभग १५० जनालाई मास्क बितरण गरिएको छ । जिल्लामा माक्स नलाई घुम्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको हो। नेपालमै तेस्रो लहरको संकेत देखा परेपछि जिल्लामा संक्रमण बढ्न नदिन शनिबार देखि दैनिक सो अभियान चल्ने प्रहरी उपरीक्षक शाहले बताए।