प्राइम खबर संबाददाता | साउन २२, २०७८ शुक्रबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल हस्पिटल चपुर प्राली बिच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार संकल्प साकोसका सेयर सदस्यहरुले सिभिल हस्पिटलको ओपिडि सेवा निशुल्क पाउने छ्न भने औषधि खरिदमा ५ प्रतिशत छुट र अन्य सेवामा २० प्रतिशत छुट पाइने बताइएको छ । त्यस्तै न्युन आय भएका सेयर सदस्यहरुलाई सबै सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था सम्झौतामा उल्लेख रहेको छ । शुक्रबार संकल्प साकोसका अध्यक्ष बिभु पोखरेल र सिभिल हस्पिटलका सञ्चालक राजन कुमार साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
आर्थिक,प्रशासनिक रुपमा बलियो रहेको संकल्प साकोसले आफ्ना सेयर सदस्यको स्वास्थको जिम्मेवारी बहन गर्दै अगाडि बढिरहेको छ ।
अन्य साकोस भन्दा नयाँ नयाँ सोचका साथ संस्था अगाडि बढेकाले संकल्प झनै दरिलो र बिस्वासिलो साकोस बन्ने चन्द्रपुर बासिको बिश्वास रही आएको हुँदा सिभिल अस्पताल चपुर सँगको सम्झौताले झनै सेवाग्राहीहरुलाई थप राहत मिलेको छ ।