प्राइम खबर संबाददाता | माघ १४, २०७७ बुधबार
रौतहटको बलुवा र रामपुर स्थित स- मिलमा लुकाइछिपाइ राखेको अवस्थामा अवैध काठ डिभिजन वन कार्यालय रौतहटले बरामद गरेको छ। गोप्य सूचनाको आधारमा खोजतलासी गर्दा डिभिजन वन कार्यालयको टोलीले ४२ क्युब फिट काठ बरामद गरेको हो ।
प्रहरी तथा डिभिजन वनका कर्मचारीको गस्ती टोलीले चन्द्रपुर न.पा. वडा नं.१० बलुवा गाउँ स्थितमा रहेको बिश्वनाथ ठाकुरको स-मिलमा २२.०७ क्यूफिट र वृन्दावन न.पा.वडा नं.३ रामपुर टोलमा रहेको बिरेन्द्र ठाकुरको स-मिलमा तलासी लिदा १९.४८ क्युब फिट अवैध सालको काठ बरामद गरेको छ । दुबै स्थानमा फेला परेको सालको काठ आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय रौतहटमा बुझाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।