प्राइम खबर संबाददाता | साउन २०, २०७८ बुधबार

रौतहट स्थित गरुडा नगरपालिकामा बेथिति, अनियमितता र भ्रष्टाचार बढेको भन्दै नगरपालिका कार्यालय अगाडि बुधवार प्रर्दशन भएको छ।
 नेपाली काङ्ग्रेस ,नेकपा एमाले र जसपा सहित तीन दलका नेता कार्यकताहरुले गरुडा मा प्रर्दशन गरेका हुन ।
बिरोध प्रर्दशनमा काङ्ग्रेस नेता सुनिल यादब ,रामभरोस यादब , कृष्ण यादब ,जसपाका कन्थमनि जयसबाल र एमाले नेता शेख कलिमुल्लाहको नेतृत्वमा सयौ मानिसले प्रर्दशन गरेका हुन् ।



नगरपालिका कार्यालयबाट सेवाग्रहि नागरीकले उचित सेवा नपाएको , बिकासको कार्यमा अनियमितता भएको , नगरपालिकामा बेथिति मौलाएको र भ्रष्टाचार व्यापक रूपले  बढेको स्थानियले आरोप लगाएका छन । सो नगरपालिकामा यस अघिपनि अनियमितता भएको भन्दै बिरोध र प्रदर्शनका कार्यक्रमहरू हुँदै आएका थिए । कार्यालय समयमा प्राय उपस्थित नहुने नगरप्रमुख इन्नु राय यादवका कारण नगरवासीले दुःख भोग्नु परेको तथा  बेथिति मौलाएको  नेता कन्थमनी प्रसाद जैसवालको भनाइ रहेको छ ।