प्राइम खबर संबाददाता | साउन ७, २०७८ बिहिबार

रौतहट जिल्लाको जिल्लाको राजदेवी नगरपालिकामा बाख्रा वितरणको नाममा व्यापक रुपमा अनियमितता भएको खुलेको  छ । आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री कृषि आधुनिकरण परियोजन अन्तर्गत संचालन भएको बाख्रा पकेट क्षेत्र कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत , लेखापाल र कार्यक्रम संचालन गर्ने राजदेवी बाख्रा फर्म राजदेवी नगपालिका ४ का कृषक रिता देवीले मिलेर परियोजनाको लक्ष्य विपरित कार्य गरि रकममा अनियमिता गरेको स्थानियको आरोप रहेको छ  । 
वार्षिक रुपमा संचालन हुने कार्यक्रमको लागि नगरपालिकाले २०७८  साल जेष्ठ १४ मा १५ दिने सुचना जारी गर्दा सो सुचनामा कार्यक्षेत्र राजदेवी नगरपालिकाको १ देखि ९ वटा वडा तोकिएकोमा ४ वटा वडामा मात्र कार्यक्रम सिमित गरेर रकमको दुरुपयोग गरेको स्थानियहरु बताउछन् ।  गत अषाढ ९ गते भएको प्राविधिक समुहको बैठकमा राजदेवी बाख्रा फर्म राजदेवी वडा नम्बर  बसतपुरलाई  छनौट गरि बाख्रा अनुदान तराई बाख्रा र बोका बोयर प्रजातीको दिने भनि १५ लाखमा नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साह र फर्म संचालिका रिता देवी विच सम्झौता भएको खुलेको छ । 
आर्थिक रुपमा सवलिकरण बनाउने उदेश्यले बाख्रा पकेट कार्यक्रम नेपाल सरकारले संचालन गरेकोमा सो को विपरित संघ सस्थाले आर्थिक प्रलोभनमा बच्चा नदिने पाठी वितरण गरि रकम कुम्ल्याउन लागेको आरोप स्थानियहरुले लगाउन लागेका छन् ।
सय थान बाख्रा वितरण गर्न १५ लाख रकम विनियोजन गरेकोमा कार्यक्रम संचालन गर्न स्वीकार गरेका राजदेवी बाख्रा फर्म राजदेवी नगरपालिका ४ का संचालक रिता देवीले २ हजार देखि ३ हजारमा पाइने तराई लोकल जातका बाख्रा गरीद गरि वितरण गरि १५ हजारका दरले खरिद गरिएको भर्पाइ बनाएर रकम अनियमिता गरेको पाइएकोले सम्वन्धित निकायबाट निस्पक्ष रुपमा छानविन गरि कानुनी कारबाही गर्न नगरपालिकाकी उपप्रमुख अंशु सिंहले माग गरेकी छिन्  ।  
राजदेवी नगरपालिका ९ मा वितरण गरिएको १० बटा बाख्रामा एक जनाको पाठी पाएको ६ दिन भित्रमा मरेको पाइएको छ ।  स्थानीय रिता देवी रामलाइ रोगी पाठी दिएको हुदा मरेको रामको भनाई छ । अन्पुर्ण कृषक समुहमा आवद्ध भएका  महिलाहरुलाई २ वटा बच्चा फिर्ता गर्ने शर्तमा पाठी दिएको स्थानीय क्षमा देवीले बताएकी छिन । 
समान रुपमा वितरण गर्नु पर्नेमा असमान रुपमा बाख्रा वितरण गरिएको कागजपत्रबाट पनि पुष्टि भैई नै रहेको छ ।  महारानी दलित बाख्रा पालन समुह राजदेवी ६ लाइ ११ बटा बाख्रा दिइएको छ जसमा उषा देवी राम निर्वाचित नगर सभा सदस्य रहेकी  छिन ।  साह कृषि फर्म राजदेवी ४ मा  एक जनालाइ १० बटा बाख्रा दिइएको छ ।  दुर्गामाइ बाख्रा पालन समुह राजदेवी ६ लाइ १९ बटा , अनामिका पशु तथा मत्स्य राजदेवी ६ लाइ १ जना लार्इ ५ वटा बाख्रा दिइएको छ । 



लक्ष्मी बाख्रा पालन समुह राजदेवी ४ लाई १० वटा , अन्पूर्ण कृषक समुह राजदेवी ९ लाइ १० वटा , राजदेवी बाख्रा फर्म राजदेवी ४ को १ जना लाइ १० वटा , जानकी भैसी पालन समुह राजदेवी ८ लाइ १५ वटा र कुमकुम पोल्ट्ी फर्म राजदेवी ४ को १ जनालाइ १० वटा गरि १०० बाख्रा वितरण गरिएको भरपाई पेश गरि सम्झौता अनुसारको रकम भुक्तानी भईसकेको खुलेको छ । 
अषाढ २५ गते सम्म कार्यक्रम सम्पन्न गरि सक्नु पर्ने सम्झौता पत्रमा उल्लेख गरिएको भएपनि  सम्झौता मिती भन्दा पछाडी २८ गते बाख्रा वितरण गरिएको हो ।  महिना देखि पहिला काम सम्पन्न गरि भुक्तानीको लागि कागजपत्र पेश गरेकाहरुको भुक्तानी नगरेको निमित प्रमुख प्रशासकीय अधिकृत साह ले २८ गते कार्यक्रम संचालन गरि विल भर्पाइ पेश गरेको राजदेवी बाख्रा फर्मको १५ लाख एक दिन मै भुक्तानी गर्नु आर्थिक चलखेल भएको आशंका स्थानियले गरेका छन् ।  
 कार्यक्रमको क्षेत्र वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म निर्धारण गरीएको भएता पनि वडा नम्बर ४, ६, ८ र ९ मा मात्रै कार्यकम संचालन गरीनु अर्थपुर्ण रहेको स्थानियहरुको आरोप छ । बाँकी वडाहरुमा  वितरण भएकै छैन ।  नगर प्रमुख धिरेन्द्र कुमार सिंहको समर्थक भएको वडालाइ लक्षित गरि कार्यक्रम संचालन गरि रकममा व्यापक अनियमितता गरेको संबिधानसभा सदस्य बबन सिंहको समेत  आरोप रहेको छ ।  कार्यपालिका सदस्य वडा नम्बर ८ की दिपिया देवीलाइ २ वटा बाख्रा दिइएको बताउदै सिंहले गरिव निमुखा असहायलाइ नदिएको प्रति दुख ब्यक्त गरेका छन् । 
 नगरपालिकाका मेयर खुलेयाम भ्रस्टाचार गर्दै आएपनि नियमन गर्ने निकायले कुनै चासो नदेखाएकोले सम्वन्धित निकायले पनि भ्रस्टाचार गर्नेलाइ सघाएको आरोप सिंहको रहेको छ ।  बिगत ३ वर्ष देखि नगरपालिकामा भएको अनियमितता बारे आवाज उठाउनुको साथै उजुरी गरेपनि सम्बन्धित निकायले छानविन तर्फ कुनै प्रतिक्रिया नदेखाएको भनाइ सभासद सिंहको रहेको छ ।