प्राइम खबर संबाददाता | माघ १३, २०७७ मंगलबार
सामाजिक अभियानता एबम् नेपाली कांग्रेसका युवा नेता नितेश कुमार गुप्ताको जीवनमा आधारित वृतचित्रको बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रनिगाहपुर स्थित होटल ए एन प्लाजामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिचाईमंत्री एन पी साउदको प्रमुख आथियतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख आथिति साउदले फरक क्षमता भएको ब्यक्तीलाई सरकारले बिशेष ग्राहयता दिन पर्ने बताएका छन् । अपांगता भएकालाई सबैले सम्मान व्यवहार गर्नु उनको भनाई रहेको थियो । नेकपाका प्रचण्ड र माधव समुह तथा ओली समुह दुवै सक्कली कम्युनिस्ट नभएको उनले टिप्पणी गरेका छन् ।
दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकार अलोकप्रिय एबम् असफल भएको र सत्ताको भागबन्डा नमिल्दा सत्तासीन दल नेकपा पनि विभाजन भएकोले चुनावमा जानु उत्तम रहेको उनको कथन रहेको थियो । कार्यक्रमका बिशिस्ट अथिति नेपाली काग्रेश रौतहटका सभापती कृष्ण प्रसाद यादवले नेपालि काग्रेश सत्ताको लोभी नभएको जिकिर गरेका छन् । नेपाली काग्रेश नेपाली जनताको र देशको लागी सधै लागि परेको उनको दाबि थियो । देश लुट्न पल्केका नेकपाले भागबन्डा नमिलेको कारण नेकपा फुटेको उनले आरोप लगाएका छन् । सभापती यादवले संसद विघटनलाई अदालतले सदर गरे मुलुक निर्वाचनमा जाने यादवले बताएका छन् । "संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो, सो विषयमा अदालतमा मुद्दा परेको छ,अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतले के निर्णय गर्छ, कांग्रेस पर्ख र हेर को अवस्थामा रहेको र सर्वोच्चले , सदर गरे कांग्रेस निर्वाचनमा जाने" उनले प्रस्ट परेका छन् ।
कार्यक्रममा आफ्ना मन्तव्य राखेका अथितीहरुले युवा नेता गुप्ता को जीवनमा आधारित वृत चित्र सबैको लागी प्रेरणा भएको बताएका छन् । कार्यक्रममा विभिन्न दलका नेता-कार्यकता,समाजसेवी तथा संचारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा चाँदनी कला प्रशिक्षण केन्द्रका कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । कलाकारहरूको प्रस्तुतिले कार्यक्रमको शोभा अझ बढेको कार्यक्रमका आयोजक युवानेता नितेश कुमार गुप्लाले बताएका छन् ।