प्राइम खबर संबाददाता | असार ३१, २०७८ बिहिबार

मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा विपन्न परिवारलाई राशन,खाद्यान्न सहयोग गरिएको छ । बिहीबार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर एक स्थित जरूवामा  संस्थाको प्रदेश संयोजक पूजा पाठक तिमल्सिनाको पहलमा गरीब तथा विपन्न परिवारलाई सहयोग गरिएको हो । 



कोरोना महामारीको समयमा मुलुकमा जारी निषेधाज्ञाको कारण दैनिक ज्यालादारी गर्दै जीविकोपार्जन गर्दै आएकाहरु लक डाउन का कारण अन्यत्र ज्यालादारी गरी कमाउन नसकेर घरमा राशन सकिएर अभाव झेल्दै गरेका ५२ घरधुरीका परिवारलाई सामाजिक अभियन्ता पूजा पाठक तिमल्सिनाको अगुवाइमा सहयोग गरेकी हुन् । संयोजक तिमल्सिनाको टिमलाई रौतहटको परोहा नगरपालिका र चर्चित समाजसेवी बलराम राउतले सहयोग गरेको संयोजक तिमल्सिनाले बताइन् ।
 मुलुकमा केही दिन अघि सम्म जारी  निषेधाज्ञा र केही दिनदेखि परेको अविरल पानीका कारण पौराई खोलामा आएको बाढीको कारण आवतजावतमा समेत प्रभावित भएका उक्त जरूवा गाउँका  घरमा समेत क्षति पुगेका जरूवा बासी लाई  सहयोग नपुगेपछि गरीब तथा अति नै विपन्न ५२ परिवारलाई संयोजक तिमल्सिनाको सहयोग पुगेको हो । 
सामाजिक कार्यमा निकै नै सक्रिय रूपले लागिपरेकी तिमल्सिना लक डाउन को कारण दैनिक ज्यालादारी गर्ने मजदुर एबम् विपन्न परिवारका लागि सकेको सहयोग गर्ने र उनीहरुलाई परेको खण्डमा सहयोग गर्न आफूहरु अहोरात्र लागिपरेको तिमल्सिनाको भनाइ रहेको छ । 




 बिहीबार भएको खाद्यान्न/ राशन सहयोग कार्यक्रमममा संस्थाकी सचिव गोमा राई, कोषाध्यक्ष यशोधा रावत,सर्लाही जिल्लाको सह संयोजक अञ्जना कडरिया,सदस्य अञ्जना नेपाल,रेणुका घिमिरे,गीता भण्डारी तथा मानव अधिकार रौतहटका सह संयोजक टेक बहादुर चौतले लगायतको उपस्थिति रहेको महिला अधिकारकर्मी तथा मेची महाकाली बुहारी संयुक्त आवाजकी प्रदेश संयोजक पूजा तिमल्सिनाले बताइन्।