प्राइम खबर संबाददाता | माघ १२, २०७७ सोमबार
रौतहटको वनबाट तीन पाङ्ग्रे सवारी मार्फत पनि काठ तस्करी हुन थालेको छ । आइतबार राती ११ बजेको समयमा वृन्दावन सवडिबिजन वन कार्यलय अन्तर्गतको वन जंगलबाट काठ तस्करहरुले साल प्रजातिको रुख काटी गोलीया बनाई ना.२ ह २४९ न.को टेम्पोमा लोड गरि चोरी चोरी निकासी गरीरहेको अवस्थामा वन कर्मचारीले नियन्त्रणमा लिएकाछन् ।
बरामद गरिएको काठको परिमाण ९ क्युब फिट रहेको डिभिजन बन् कार्यालयले जनाएको छ । बरामद काठ र टेम्पो सहित तस्करीमा संलग्न रहेका चारजना लाई समेत नियन्त्रणमा लिए पक्राउ गरेको छ।
पछिल्लो समय रौतहटको बन् बाट साइकल,मोटरसाइकल,मिनीबस हुँदै टेम्पो प्रयोग गरेर काठ चोरी हुन थालेपछि वन कर्मचारी चनाखो भई सक्रियता र निगरानी बढाएपछि एकपछि अर्को गर्दै क्रमश रूपले तस्करहरुले तस्करीको योजना विफल हुँदै गएको डिभिजन वन कार्यलय रौतहटका प्रमुख बिनोद सिहले जानकारी दिएका छन् । सिंह प्रमुख भएर आएसँगै कार्यालयको स्वरुप र प्रशासनमा समेत चुस्तता आएको र तस्करी नियन्त्रणमा आएको स्थानीयहरू समेत बताउँछन् ।