प्राइम खबर संबाददाता | असार २०, २०७८ आइतबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर एक पौराइका एकसय ८० परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर एक मंगलपुरका एक युवा बलराम राउतले आफ्नो ब्यक्तिगत लगानीमा पौराइका सो संख्याका अति विपन्न परिवारलाई विहिबार एक कार्यक्रमका साथ वितरण गरेका छन् । कोरोना महामारीको समयमा अति विपन्न परिवारहरु प्रभावित भएकाले आफुले राहत स्वरुप रासन वितरण गरेको राउतले बताए । पौराईका अति बिपन्न परिवारहरुलाई आफ्नो ६ महिनाको पेन्सन रकमले सो खाद्यान्न सामाग्री वितरण गरेको राउतले जानकारी दिए । राउत नेकपाका युवा नेता समेत हुन् उनी समाजसेबामा अग्रस्थानमा रहेर काम गर्ने राउतको चर्चा परीचर्चा संगै उनि लोकप्रिय छबि बनाएका नेताका रुपमा समेत परिचित छन् । उक्त राहत बितरण कार्यक्रममा दयाराम दाहाल, मानव अधिकारकर्मी टेक बहादुर पौडेल,गोपाल न्यौपाने, युवा ब्यबसायी गौतम खड्का, सुकेन्द्र गोले लगायतको सहभागिता रहेको थियो । समाजसेबी युवा नेता लक्ष्मण न्यौपानेद्धारा सञ्चालित कार्यक्रम राम बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।