प्राइम खबर संबाददाता | असार २०, २०७८ आइतबार
प्राचिन हरिद्धारको रूपमा रहेको सुनसरीको चतराधाममा प्रदेश नम्बर २ का प्रदेस प्रमुख डा.राजेश झा अहिराजले भ्रमण गरेका छन । केही दिन अघि चतरा भ्रमणमा आएका प्रदेश प्रमुख झाले चतराधाम तथा वराहक्षेत्रको धार्मिक क्षेत्रको भ्रमण गरेका हुन ।
भ्रमणका क्रममा प्रदेश प्रमुख झाले चतरा तथा वराहक्षेत्रको धार्मिक पर्यटन प्रवद्धनका सम्वन्धमा चासो राखे । प्रदेश प्रमुख झाले चतरामा रहेको जगतगुरु रामानन्दचार्य सेवा पिठ ,तारक बह्म सेवा पिठ र हनुमान मन्दिरको समेत दर्शन र भ्रमण गरेका थिए । सो क्रममा उनले जगतगुरु रामानन्दचार्य सेवा पिठका पिठाधिस जगतगुरु महायोगी सिद्धबाबासंग भेट समेत गरेका थिए । भेटको अबसरमा प्रदेश प्रमुख झाले चतराधाममा जगतगुरू रामानन्दचार्य पिठ तथा तारक बह्म पिठ स्थापनापछि यस क्षेत्रको धार्मिक पर्यटकीय क्षेत्रको विकास र विस्तार अभियानले गति लिएको उल्लेख गर्नु भएको थियो । सो अबसरमा जगतगुरू महायोगी सिद्धबाबाले पछिल्लो समयमा चतरामा भइरहेका धार्मिक तथा आध्यात्मिक गतिविधि तथा अन्य योजनाका बारेमा जानकारी गराउनु भएको थियो । चतराधाममा पिठमार्फत भइरहेका धार्मिक तथा आध्यात्मिक गतिविधिहरुले प्रदेश नम्बर १ मै धार्मिक पर्यटन प्रवर्द्धधनमा ठुलो टेवा पुर्याउदै आएको छ ।