प्राइम खबर संबाददाता | जेठ १४, २०७८ शुक्रबार
चौतर्फी अक्सिजनको अभाब भैरहेको बेला रौतहटको चन्द्रनिगाहपुर स्थित साझा ब्यबसाय सीप बिकास प्रा.लि.चन्द्रपुरले कोरोना संक्रमित बिरामीको लागि चाहिने अक्सिजन चन्द्रपुर नगरपालिकाद्धारा संचालित संस्थागत आईसोलेसनमा उपलब्ध गराउदै आएको छ ।
रौतहटको चन्द्रपुरमा रहेको शहिद स्मृती पार्कमा रहेको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीको लागि सो कम्पनीले ५१ वटा खालि सिलिण्डरमा अक्सीजन रिफिल गरेर सहयोग गरेको छ । सो प्रालिका कार्यकारी निर्देशक सुरेस प्रसाद साहले अक्सिजनको अभाब हुन नदिई कोरोना संक्रमित बिरामीको उपचारको लागि आफ्नो तर्फबाट आगामी दिनमा समेत निरन्तर सहयोग गर्दै जाने बताए । पछिल्लो समय कोरोना संक्रमित बिरामीलाई अक्सिजनको मात्रा बढि चाहिने भएकाले सहयोगी संस्थाबाट अस्पतालमा भर्ना भएका बिरामीको लागि अक्सिजन लगायत स्वास्थ्य सामग्रीको सहयोग जुटाउदै आईरहेको निर्देशक साह बताउछन् ।
गएको बैशाख २७ गते यता अस्थायी कोरोना अस्पताल चन्द्रपुरमा आईसोलेसनमा बसेका २१ जना कोरोना संक्रमित बिरामीको लागि ४० वटा सिलिण्डरमा अक्सिजन दिईसकिएको छ भने अझै ७ जना बिरामी हाल उक्त अस्थायी अस्पतालमा उपचाररत छन । गतसाल जिल्लाको चन्द्रपुर, गुजरा, बृन्दाबन र गढिमाई नगरपालिकाको सयुक्त लगानीमा निर्माण गरिएको ४६ बेड क्षमता भएको सो कोरोना अस्थायी अस्पतालमा भर्ना भएका बिरामीको लागि अक्सिजन एकदमै जरुरी रहेको अबस्थामा निजी क्षेत्रबाट भएको यसप्रकारको सहयोग स्वागतयोग्य रहेको र कोरोना भाईरस संक्रमणको महामारीबाट मुक्त पाउन सबैको सहयोगको जरुरी रहेको चन्दपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले बताए ।
कोरोना संक्रमणको महामारी फैलिरहेको बेला संक्रमित बिरामीहरुको उपचारका लागि राज्यको मात्र भर पर्नु भन्दा पनि सहयोगी संस्थाले पनि संक्रमण बाट संक्रमितहरुलाई बचाउन,जोगाउन आबश्यक पर्ने सामग्रीहरुको सहयोगमा जुटेका हुन् ।
बुधबार नै चन्द्रपुर ४ निबासी देबमाया पौडेलले समेत अस्पताल लाई चाहिने बिभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेकी छिन् उदार हृदय एबम् सहयोगी भावनाकी पौडेलले ब्यक्तिगत रुपमा सहयोग गरेपछि नीजी तथा ब्यक्तिगत रुपको सहयोग पनि सो अस्थायी अस्पताललाई जुटेको स्वास्थ्यकर्मी बलिराम साहले बताए