प्राइम खबर संबाददाता | जेठ १०, २०७८ सोमबार
आईतबार मधेशी एशोसिएसन (MAA) को सहयोगमा विश्वव्यापी महामारीको रूपले फैलँदै गएको कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु रौतहटका विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरहरुमा सहयोग गरिएको छ।
एशोसिएसनले कोरोना महामारी न्यूनीकरणका लागि सहयोगी हुने भन्दै नेपाली कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवको समन्वयमा जिल्ला अधिकारी इन्द्रदेव यादवलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरुमा kN95 माक्स १५० थान ,फेसशिल्ड २०० थान, पिपिई सेट ७० थान, फेसमास्क ३००, ह्याण्ड स्यानिटाइजर १५० सय एमएलको ३०० थान, स्प्रे पम्प ३ वटा, सेफ्टी गगल्स २०० थान, अक्सिजन पाईप ४५ थान हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
यस्तै धनुषा जनकपुरको अस्पताललाई फेसशिल्ड १ सय, पिपिई १००, ह्याण्ड स्यानिटाइजर १००, स्पे पम्प दुई वटा फेसमास्क २०० र सेफ्टी गगल्स १०० वटा हस्तान्तरण गरिएको एशोसिएसनले जनाएको छ।
रौतहटकै चन्द्रपुर अस्थाई कोभिड अस्पताललाई भीटीएम किट र भीटीएम स्टीक २०० , फेस शिल्ड: १०० थान , पीपीई सेट ३० थान हस्तान्तरण गरिएको छ।
कोरोना लगायत विभिन्न विपदको समयमा आगामी दिनमा पनि विभिन्न सहयोग गर्न तयार भएको एशोसिएसनका अध्यक्ष दिनेश शाहले बताए । साह नेपालमा बसोबास गर्ने नेपालीहरुका निमित्त विभिन्न असहज परिस्थितिको समयमा सहयोग गर्दै आएको व्यक्ति हुन । उक्त एशोसिएसनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निभाउदै सहयोग गर्दै आएको छ।
कोरोना महामारी न्यूनीकरणका जिल्लाका विभिन्न कार्यालयसँग समन्वय गर्न तयार रहेको आयोजक संस्था राष्ट्रिय अपाङ्ग संगठनका अध्यक्ष एवं सामाजिक अभियान्ता नितेश कुमार गुप्ताले बताए । चन्द्रनिगाहपुरमा भएको सामग्री हस्तान्तरण कार्यक्रमममा कांग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादव, चन्द्रपुरका मेयर रामचन्द्र चौधरी,समाजसेवी नेता एबम् गढिमाई नगरपालिका मेयर श्याम प्रसाद यादब तथा प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
कोभिड १९ महामारीका कारण नेपालको परिस्थिति गम्भीर हुँदै गएको र जिल्लामा समेत धेरै मानिसहरूले मृत्युवरण गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै कोरोना महामारीको जटिल परिस्थितिमा आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरणको कार्य निरन्तर जारी राखिने त्यसको लागि अन्तर्राष्ट्रिय निकायका दाताहरुसँग समन्वय गरिरहने सामाजिक अभियन्ता नितेशकुमार गुप्ताले बताए ।