प्राइम खबर संबाददाता | पुस ६, २०८२ आइतबार
चन्द्रपुर प्रिमियर लिग (सीसीएल)को तेस्रो दिनकोको खेलमा नेपाल तराई सिटी बेरोजगार टिमले दुर्गा भगवती वारियर्सलाई ७ विकेट र समनपुर बोल्ट्सले घोडीदेवी राइडर्सलाई ६ विकेटले पराजित गरेका छन् ।
शनिवार चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा सम्पन्न पहिलो खेलमा दुर्गा भगवतीले टस जितेर ब्याटिङ गरेको थियो । दुर्गा भगवती वारियर्सले २० ओभरमा सबै विकेट गुमाई १ सय रन बनाएको थियो । टिमका विवेक रानामगरले १६ बलमा ३ चौका र २ छक्काको मद्दतले ३० रन बनाए । अर्का खलाडी उमेश पटेलले १० बलमा १५ रन बनाए । सत्यम् सिंहले ११ बल खेलेर ११ रन नै बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल तराई सिटीका दयानन्द मण्डलले सर्वाधिक ४ विकेट हात पारे । चन्दन ठाकुरले ३, आशिक बैठाले २ र ईशान पाण्डेले १ विकेट लिए ।
१ सय १ रनको विजय लक्ष्य पछ्याएको नेपाल तराई सिटीले ३ विकेटको नोक्सानीमा १३.३ ओभरमा जित हासिल ग¥यो । नेपाल तराई सिटीका सन्नी साहले २९ बलमा नटआउट ४६ रन बनाए । रनवीर यादवले ३० बलमा २३ रन बनाए । अर्का खेलाडी सचिन यादवले १५ बलमा नटआउट ११ रन बनाए । रित गौतम र ईशान पाण्डेले समान २ रन बनाए । नेपाल तराई सिटीले १० अतिरिक्त रन प्राप्त गरेको थियो । दुर्गा भगवतीका अरब राम र विक्रम साहले १÷१ विकेट लिए । खेलमा नेपाल तराई सिटीका दयानन्द मण्डल प्लेयर अफ दी म्याच घोषित भए ।
अर्को खेलमा टस जितेको समनपुरले फिल्डिङ रोज्यो र घोडीदेवी राइडर्सलाई ब्याटिङको निम्तो दियो । प्रकाशका कारण खेल छोट्याएर १८ ओभरमा खेलाइएको थियो । घोडीदेवी राइडर्सका खेलाडीले पूरै ओभर खेलेर ८ विकेटको नोक्सानीमा १ सय २० रन बनाए । उसका लागि अभन मुखियाले २४ बलमा सर्वाधिक ३४ रन बनाए । अनिल लामिछानेले १२ बलमा २४ रन जोडे । राहुल यादवले १२ बलमा १४ रन बनाए । राजीव सदाले ८ बल खेलेर १३ रन बनाए । विनय गुप्ताले १५ बल खेलेर १२ रन बनाए । अन्य खेलाडीले दोहोर अंकमा रन बनाउन सकेनन् । समनपुर बोल्ट्सका बलर पप्पु यादव, फिरदोष अन्सारी र सुमित श्रेष्ठले २\२ विकेट हात पारे । सन्जय साह र अभिराज यादवले १\१ विकेट लिए ।
१ सय २१ रनको विजय लक्ष्य पाएको समनपुर बोल्ट्सले १७ ओभरमा ३ विकेटको क्षतिमा १ सय २६ रन बनाई जित हासिल गर्यो । समनपुर बोल्ट्सका निशान्त यादवले ३५ बलमा ५५ रन बनाए । अर्का खेलाडी गौरव खड्काले ३६ बलमा ३३ रन जोडे । सुमित श्रेष्ठले २० बलमा १९ रन बनाए । पप्पु यादव ६ र फिरदोष अन्सारीले ५ रन बनाए । टिमले ८ अतिरिक्त रन पाएको थियो । घोडादेवीका बलर अभय यादवले २ विकेट लिए । राहुल यादवले १ विकेट हात पारे । समनपुर बोल्ट्सका निशान्त यादव प्लेयर अफ दी म्याच भए ।