न्यूज डेस्क | मंसिर २, २०८२ सोमबार

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन् ।


विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा उनले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गरेकी थिइन् ।



उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो । दर्शकहरू पनि उत्साहित छन् ।

उद्घाटनसँगै लिगको औपचारिक सुरूआत भएको छ । काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गरिरहेकाे छ ।