प्राइम खबर संबाददाता | मंसिर १, २०८२ आइतबार
रौतहट बचत तथा ऋण सहकारी संघ लिले प्रारम्भिक सस्थाका संचालक तथा कर्मचारी लक्षित प्रभाबकारी भाषण कला तालिम सम्पन्न गरेको छ । शनिबार चन्द्रपुर ४ स्थित आरोही होटलको सभाहलमा भएको उक्त कार्यक्रमको अध्यक्षता र उद्घाटन संघका अध्यक्ष बिभु कुमार पोखरेलले गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई संघका सचिब वसन्त आचार्यले स्वागत गरेका थिए । उक्त तालिम कार्यक्रममा संघका कोषाध्यक्ष नरेन्द्र बहादुर राना लगायतको आतिथ्यता रहेको थियो । भने तालिमको सहजीकरण प्रशिक्षक शोभा खरेलले गरेकी थिईन । संघले १२ महिना १२ कार्यक्रम गर्ने नीति अनुसार यो किसिमको तालिमको आयोजना गरिएको बताएको छ । बोल्नु एउटा कला हो बोल्दा मर्यादाक्रम अनुसारको सम्बोधन , बिषय बस्तुको उठान ,ब्याख्या ,सन्देश प्रवाह ,निचोड र शब्द चयनको चातुर्यता , जस्ता कुरामा ध्यान दिन आबास्यक पर्ने हुदा सबैले सहजै र निर्भीक रुपमा कार्यक्रम सन्चालन र भावना व्यक्त गर्ने क्षमताको बिकास होस भनेर यो कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष पोखरेलले बताए ।
सो कार्यक्रममा ४० सहकारीकर्मिको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन समारोहमा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय कुमार काफ्लेको हातबाट सहभागिहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो । नगर प्रमुख काफ्लेले समापन मन्तव्य दिदै सहकारीको बिकास र प्रबर्द्धनमा सहकारी शिक्षा तथा तालिमको माध्यमबाट गरिने कार्यलाई निरन्तरता दिन संघलाई सुझाउनुको साथै आबाश्यक सहयोग गर्ने बचनबद्द्ता समेत व्यक्त गरे ।
सहजकर्ता खरेलले सहभागीहरुलाइ अति नै उत्साहजनक र प्रयोगात्मक तवरबाट हौसला थप्दै बिबिध बिषयमा आफ्ना ज्ञान र बिद्द्ता प्रदान गर्दै तालिमलाई थप रोचकता प्रदान गरीएको थियो ।
सहभागीताको तर्फबाट बिन्दबासिनी साकोसका सचिब राजेन्द्र तिमल्सिना र शसक्त महिला साकोसकी ब्यबस्थापक पार्वती राइले यस्ता खाले कार्यक्रमको आयोजना गरेकोमा संघलाई बधाई दिदै प्रभावकारी ढंगले सहजीकरण गरेकोमा प्रशिक्षक खरेलप्रती आभार व्यक्त गरेकी छन् ।
उक्त कार्यक्रमको संचालन महासचिव देव बहादुर सापकोटाले गरेका थिए ।