प्राइम खबर संबाददाता | जेठ ५, २०७८ बुधबार

 सिरहा नगरपालिका वडा नं.१७ पटेर्वाबाट सिरहा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरको टोलिले बुधबार सिरहा नगरपालिका वडा नं. १७ पटेर्वाबाट कटुवा पेस्तोल बरामद गरेको हो । स्थानीय २७ बर्शिय धिरू यादवले मदिरा सेवन गरी गाँउघरमा हो–हल्ला गरेपछि प्रहरी पुग्दा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय माडरबाट गएको प्रहरी टोलि देखेर यादव भाग्ने क्रममा उनको साथबाट कटुवा पेस्तोल खसेको प्रहरीले जनाएको छ ।


फरार यादवको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जनाएको छ ।