प्राइम खबर संबाददाता | माघ ९, २०७७ शनिबार
नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११ औं साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ । रौतहटको गौर स्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित ११ साधारण सभामा महासंघको महासचिव रमेश विष्टले कोरोना महामारीको त्रासबाट मुलुक मुक्त हुन नपाउदै राजनितिक संकट गहिरिदै जाँदा पत्रकारको काँधमा ठूलो जिम्मेवारी आएकोले संयमित भएर काम गर्नुपर्ने बताएका छन ।
राजनितिक संकटबाट गुज्रिरहेको मुलुकमा संचार क्षेत्रमा पनि प्रभाव परेकोले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ कलम निर्भिकताका साथ चलाई आफनो पेशा र महासंघलाई दिगोपना बनाउनमा जुट्नु पर्नेमा उनको जोड रहेको छ । रौतहटको सञ्चार क्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउन अग्रज पत्रकारहरुको भुमिका अहम हुने भएको हुदा सकारात्क सोच र सन्देशवाहकको रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । भारतसंग सिमा जोडिएको सिमावर्ती जिल्लाहरुमा बसेर पत्रकारिता गर्न निकै चुनौतीपूर्ण रहेको नेपाल पत्रकार महासंघ प्रदेश नम्वर २ का अध्यक्ष दिपेन्द्र चौहानले बताए । कोरोनाका कारण सञ्चारकर्मीहरु रोजगारबाट विमुख भएको चर्चा गर्नु हुदै कोरोनाबाट वेरोजगार भएको पत्रकारहरुको हकमा स्थानीय स्तर र प्रदेश स्तरबाट समस्या समाधान हुन नसक्ने भएको हुँदा केन्द्रबाट नै समुचित पहल गरेर रोजगारीको उचित प्रबन्ध मिलाउन महासंघको केन्द्रीय समिति संग चौहानले आग्रह समेत गरेका छन् ।
नेपाल पत्रकार महासंघको रौतहट अध्यक्ष रबीन्द्र प्रसाद साहको सभापतित्वमा सम्पन्न ११ साधारण सभाको उदघाटन केन्द्रीय सदस्य गोविन्द चौलागाई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता, चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, वृन्दावनको मेयर रामस्नेही यादव, देवाही गोनाहीको मेयर धर्मेन्द्र पटेल र दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साह, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य संजय कार्की, पूर्व अध्यक्ष प्रेमचन्द्र झा, प्रेस संगठनको फणी महत लगायतका विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुले ११ औं साधारण सभाको सफलताको कामना गर्दै आफ्नो मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा लामो समय देखि पत्रकारीता गर्नु भएका तथा दुर्घटनामा परेर शारीरिक रुपमा अस्वस्थ रहेका रबीन्द्र मण्डललाई महासंघको सहकार्यमा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहद्धारा ५१ हजार आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका थिए । नेपाल पत्रकार महासंघको २०५७ सालमा स्थापना भएको समयका १६ जना सदस्यलाई महासंघले दोसल्ला, सम्मान पत्रसहित सम्मान गरिएको शाखाका अध्यक्ष एबम् कार्यक्रमका सभापति रविन्द प्रसाद साहले जानकारी दिएका छन्।