न्यूज डेस्क | भदौ १३, २०८२ शुक्रबार

समाजका कठोर विभेद र गलत सोचका कारण दुई निर्दोष आत्माहरू-लक्ष्मण पासवान र रुबीकुमारी साह-आज संसारमै रहन पाएनन्। तर, उनीहरूको प्रेम भने कहिल्यै मर्ने छैन। बाल्यकालदेखि नै सुरु भएको सम्बन्धले कानुनी विवाहसम्म यात्रा गरेको थियो, तर समाजको दृष्टिमा उनीहरूको सम्बन्ध कहिल्यै सहज स्वीकार भएन।


१४ वर्षअघि लक्ष्मणले रुबीलाई साथ लगेका थिए। त्यतिबेला उमेर नपुगेकी रुबीलाई परिवारले खोज्दा, अ'पहर'णको मुद्दा दर्ता भयो। लक्ष्मणले प्रहरी हिरासतमा १७ दिन बिताए, रुबीलाई परिवारको जिम्मा लगाइयो। त्यसपछि पनि उनीहरूबीचको सम्बन्ध तोडिएन, तर परिस्थितिले फेरि फरक बाटो बनायो। रुबीको अर्को विवाह भयो, उनको एउटा सानो परिवार बनेको थियो। लक्ष्मण पनि वैदेशिक रोजगारीमा गएका थिए।



समय बित्दै गयो। रुबीको अर्को विवाह भयो, एउटा परिवार बस्यो, एक सानो छोराको आमा बनिन्। लक्ष्मण विदेशतिर लागे। उनीहरू अलग जीवनमा भए पनि, मनको गहिराइमा भने पुरानो सम्बन्धको छायाँ टड्कारिनै रह्यो।

तर, जब उनी फर्किए, पुराना भावनाहरूले फेरि मनमा हलचल ल्यायो। विद्यालय पढ्ने उमेरदेखि मनमा अडिएको प्रेमलाई उनले अन्तिम क्षणसम्म सम्झिरहे। उनले सामाजिक सञ्जालमा आफ्नो पीडा पोख्दा, धेरैले उनलाई प्रेममा पागल प्रेमीका रूपमा बुझ्ने प्रयास गरे। तर, वास्तविकता भने समाजले समयमै समाधान गर्न नसकेको द्व'न्द्व थियो-एक अस्वीकारिएको सम्बन्ध, एक अपुरो कथा, र एक असहज जीवन।



आज उनीहरू दुबै हाम्रो बीचमा छैनन्। तर, यो घटना हामीलाई एउटा ठूलो प्रश्न सोधेर गएको छ-के प्रेम अझै पनि अपराध हो? के समाजका नियम र पुराना सोचका कारण दुई जीवन यत्तिकै मेटिनुपर्ने हो?

दुई आत्माको अन्तिम बिदाइसँगै हामीले बुझ्नुपर्छ-समाजमा प्रेमलाई अस्वीकार गरेर, विभेद र गलत सोचलाई जोगाएर कुनै भलाइ हुँदैन। न्यायले आफ्नो बाटो अवश्य लिन्छ, तर प्रेमलाई अपराधजस्तो व्यवहार गर्ने प्रवृत्ति कहिल्यै न्यायसंगत हुँदैन।