प्राइम खबर संबाददाता | जेठ १, २०७८ शनिबार

रौतहट प्रहरीले लाखौं मूल्य बराबरको भन्सार छलिका मोवाइल सेटहरु बरामद  गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय रौतहटले तीन लाख रुपैयाँ बराबरको भन्सार छलीको मोबाइल फोन बरामद गरेको जनाएको छ ।
   भारतबाट अवैध तरिकाले भन्सार छली चोरी गरी ल्याउँदै गरेको विभिन्न कम्पनिको १२ थान एन्ड्रोइड मोबाइल फोन प्रहरीले बरामद गरेको हो । जिल्लाको ईशनाथ नगरपालिकाको वडा नम्बर ४ लतमरी नजिकै रहेको भारतीय बजारबाट मोबाइल फोन खरिद गरी भन्सार छलेर नेपालमा विक्री गर्न ल्याउँदै गरेको रेडमी कम्पनिको ७ थान, रियलमी कम्पनिको ४ थान र ओप्पो कम्पनिको १ थान गरी १२ थान मोबाइल फोन बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।
  भारतबाट झोला भित्र राखेर ल्याउँदै गरेको व्यक्तिले प्रहरीलाई देख्नसाथ झोला छोडेर भारततर्फ नै फरार भएको प्रहरीले बताएको छ । बरामद गरिएको मोबाईल प्रहरी टोलीले वेवारीसे अवस्थामा फेला पारी थप अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले  जनाएको छ ।