न्यूज डेस्क | साउन ३१, २०८२ शुक्रबार
कटहरिया नगरपालिका वडा नं. ३ बिर्ति प्रस्टोका र वडा नं. ७ बगहीमा नगर प्रमुख अजय प्रकाश जैसवालले वडावासीसँग प्रत्यक्ष भेटघाट गर्दै विकासका विषयमा विस्तृत छलफल गरेका छन्।
युवा मेयर जैसवालले छलफलका क्रममा किसानलाई आवश्यक कृषि पोल, सडक निर्माण, धार्मिक स्थल संरक्षण, बजार व्यवस्थापन लगायतका विषयमा वडावासीसँग प्रतिक्रिया लिएका थिए। उनले “जनताको आवश्यकता अनुसार नै योजना अघि बढाइनेछ” भन्दै जनसहभागिताको महत्त्व औंल्याए।
आउँदो कृष्ण जन्माष्टमी मेलाको तयारीका लागि उनले पूजा सामग्रीसहित धुमधामपूर्वक मेला सञ्चालन गर्न २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे। वडावासीले मेयरको सहयोगले यस वर्षको मेला अझ भव्य र आकर्षक हुने बताए। ३नं वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाअध्यक्ष श्यामाकान्त यादवस्थानीय जनप्रतिनिधि, समाजसेवी,बुद्धिजीवी, किसान र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। त्यसतै वडा नं ७ मा वडा अध्यक्ष शहिद मिया धोबी लगायत जनप्रतिनिधि, समाजसेवी,बुद्धिजीवी, किसान र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।