न्यूज डेस्क | साउन २१, २०८२ मंगलबार
अर्जुन तिमल्सिना
रौतहट। राजदेवी मिडिया सेन्टर द्वारा आयोजित जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता–२०८१ का प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने विजेताहरूलाई मंगलबार एक कार्यक्रमका बिच नगद पुरस्कार प्रदान गरिएको छ।
राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादवको हातबाट आयोजित कार्यक्रममार्फत पहिलो स्थान हासिल गरेकी रानी कुमारी यादवलाई ५० हजार दोस्रो स्थान प्राप्त गरेकी सन्जनी कुमारी यादवलाई ३० हजार र तेस्रो स्थानमा रहेकी रविना साहलाई २० हजार नगद पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार वितरण कार्यक्रम नगर प्रमुखको कार्यकक्षमा सम्पन्न भएको थियो।
उक्त अवसरमा राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, समाजसेवी पवन साह, राजदेवी मिडिया सेन्टरका अध्यक्ष राम पुकार पटेल, संचारकर्मी राकेश कुमार यादव लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
विजेताहरूले यस्तो किसिमको कार्यक्रम मार्फत सम्मान पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको प्रतिक्रिया दिए । राजदेवी मिडिया सेन्टरद्वारा महिला साइकल दौड प्रतियोगिता बिगत १२ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको छ ।