न्यूज डेस्क | साउन २१, २०८२ मंगलबार

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।


बानियाँ ११० सदस्यीय प्रदेश सभामा नेपाली काँग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।



प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैटौँ मुख्यमन्त्री बनेका छन् ।

बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।