न्यूज डेस्क | साउन २१, २०८२ मंगलबार
संघीय निजामती सेवा विधेयक षड्यन्त्रमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
कुलिङ पिरियड छेडखानीमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर भएका छन् । लामो छलफलपछि मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत प्रतिवेदन पास भएकाे हाे ।
समितिका सातजनाले नै हस्ताक्षर गरेर प्रतिवेदन फाइनल गरेका हुन् । सदस्य ईश्वरी घर्तीका अनुसार खतिवडा नैतिक जिम्मेवार ठहर भएका हुन् भने मुख्यसचिव अर्यालले पदीय आचरणविपरीत क्रियाकलाप गरेको ठहर समितिको छ । समितिले प्रतिवेदन आज प्रतिनिधिसभामा प्रस्तुत गर्दै छ ।