न्यूज डेस्क | साउन २१, २०८२ मंगलबार
अर्जुन तिमल्सिना
रौतहटको चन्द्रनिगाहपुर स्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयनमा खाना खाने क्रममा बिर्सिएर गएका एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्।
जनकपुर निवासी बलराम साहुजी आइतबार उक्त होटलमा खाना खाएर निस्कँदा आफ्नो ब्याग त्यहीँ छोडेका थिए। ब्यागमा नगद १ लाख, ६ हजार सहित महत्त्वपूर्ण कागजातहरू रहेका थिए।
होटल सञ्चालक सुरेन्द्र साहका अनुसार झोला फेला परेको जानकारी पछि साहुजीलाई सम्पर्क गरेर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीको रोहवरमा झोला जिम्मा लगाइएको हो।
चन्द्रपुर इलाका प्रहरी कार्यालयको रहोबरमा झोला बुझाइएकाले घटना पारदर्शी र सुरक्षित तरिकाले टुङ्गिएको छ। प्रहरीका अनुसार झोलाभित्र भएका सबै सामग्रीहरू फिर्ता गरिएको हो। होटल संचालक साहको कामलाई लिएर यतिबेला स्थानियले प्रंशसनिय बताउदै आएका छन् ।