न्यूज डेस्क | साउन २०, २०८२ सोमबार
रौतहटको बृन्दावन नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामस्नेही राय यादवले किसानको समस्या समाधानका लागि व्यक्तिगत पहलमा महत्वपूर्ण कदम चालेका छन्।
वडा नं. ३ पिप्रा स्थित ब्रहमबाबा मन्दिर आसपासका करिब ए क सय बिगाहा खेतहरू डुवानमा परेपछि उनले निजी खर्चमा जेसीबी लगाएर पानी निकासको व्यवस्था गराएका हुन्। यस क्षेत्रका धानबाली डुवानले नष्ट हुने अवस्थामा पुगेको बेला यादवको यस पहलले सयौं किसानलाई राहत मिलेको छ।
स्थानीय कृषकहरू यादवप्रति आभार व्यक्त गर्दै भन्छन्, “वर्षौंसम्म यस्तो सहयोग कसैले गरेन, उहाँको पहलले अहिले खेत बाँच्यो।”
पूर्वमेयर यादवले आफ्नो कार्यकालमा विकास निर्माणमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै वर्तमान नेतृत्वमाथि कटाक्ष गरे। उनले भने, “अहिलेका जनप्रतिनिधिहरू कमाउने धन्दामा मात्र लागेका छन्, जनताको समस्या समाधानतर्फ खासै चासो देखिंदैन।”
स्थानीयस्तरमै समस्याको तत्काल समाधानको उदाहरणका रूपमा यादवको यो कदम उदाहरणीय मानिएको छ।