न्यूज डेस्क | साउन २०, २०८२ सोमबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुइटा अदालतमा कुल २८ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।


 



उच्च अदालत पाटनमा उनले २५ लाख रूपैयाँ धरौटी बुझाएको अदालतका सूचना अधिकारी पार्वती हितानले बताइन्। उनका अनुसार प्रसाईंले बैकिङ कसुर सम्बन्धी मुद्दामा धरौटी बुझाएर रिहा पाउने आदेश भएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतमा उनले ३ लाख रूपैयाँ धरौटी बुझाएका जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए।



प्रसाईंलाई काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले जेठ २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

उच्च अदालतले उक्त आदेशलाई बदर गरी धरौटी माग गरेको हो।