न्यूज डेस्क | साउन २०, २०८२ सोमबार
अर्जुन तिमल्सिना
रौतहट। चन्द्रपुर नगर उद्योग बाणिज्य संघको आगामी आठौं अधिवेशनअन्तर्गत हुने निर्वाचनमा ४ दलिय गठबन्धनका साझा उम्मेदवार सुनिल कुमार साहलाई जिताउन स्थानिय नेताहरु सक्रिय भएका छन्। पूर्व महासचिव समेत रहेका साहलाई नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन प्राप्त छ।
निर्बाचनमा ४ दलिय गठबन्धनको सशक्त उम्मेदवारी रहने देखिएको छ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको निर्वाचनमा यसपटक ४ दलिय गठबन्धन एकजुट भएर साझा उम्मेदवारको रूपमा सुनिल कुमार साहलाई मैदानमा उत्राएका छन्। उनी एक अनुभव जनक व्यापारी नेता हुन् र यसअघि पनि संघको महासचिवको रूपमा कार्यरत रहेका छन्। गठबन्धनका चार दलका नेताहरु आफ्नो उम्मेदवारको जित सुनिश्चित गर्नका लागि स्थानिय व्यापारीहरुलाई लविङ्ग गर्ने काममा जुटेका छन्।
साह उद्योग बाणिज्य संघमा लामो समयदेखि सक्रिय रहेका छन् र व्यापारिक क्षेत्रमा उनीलाई प्रतिष्ठा प्राप्त छ। स्थानिय व्यापारीहरूसँग राम्रो सम्बन्ध रहेको र व्यावसायिक नीतिहरूमा उनका विचारहरू प्रभावशाली मानिन्छ। यस कारण, गठबन्धनका उम्मेदवारका रूपमा उनको चयनले निर्वाचनमा ठूलो असर पुर्याउने अपेक्षा गरिएको छ।
उता, बर्तमान अध्यक्ष समेत रहेका उदय नारायण सापकोटाको प्यानल उम्मेदवारीले चर्को चर्चा बटुल्दै गएको छ । गठबन्धनको उम्मेदवारीसँगै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० निकट मानिएका उदय नारायण सापकोटाले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी चन्द्रपुर नगर बाणिज्य संघका लागि ठूलो चुनौती बन्न गएको स्थानिय नेताहरुले बताएका छन्। रास्वपाको पक्षमा रहेका व्यापारिक संस्थाहरु र अन्य समर्थकहरुले सापकोटाको पक्षमा जोरजोरी प्रचारप्रसार गरिरहेका छन्, जसले गर्दा गठबन्धनको उम्मेदवारलाई जितको सुनिश्चितता सम्बन्धी केही सन्देह उत्पन्न भएको छ।
चन्द्रपुर नगर उद्योग बाणिज्य संघको आठौं अधिवेशनअन्तर्गतको निर्वाचन आगामी बुधवारमा संघको भवनमा सञ्चालन हुनेछ। निर्वाचन समितिका अनुसार, ९८३ मतदाता रहेका यस संघको निर्वाचनमा मतदान प्रक्रिया पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुने अपेक्षा गरिएको छ।
गठबन्धनका उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेपनि, सापकोटाको उम्मेदवारीले निर्वाचनमा नयाँ मोड ल्याउन सक्छ। स्थानिय व्यापारीहरुको मन जित्नका लागि कुनै पनि पार्टी या उम्मेदवारले लापरवाही गर्न सक्ने छैनन्, र यही कारणले गठबन्धनका नेताहरु मतदाताहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका छन् ।
चन्द्रपुर नगर उद्योग बाणिज्य संघको आगामी निर्वाचन क्षेत्रीय र राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यमा निकै महत्वपूर्ण मानिन्छ। ४ दलिय गठबन्धनका उम्मेदवार सुनिल कुमार साह र राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित उम्मेदवार उदय नारायण सापकोटाबीचको प्रतिस्पर्धा चाखलाग्दो हुने निश्चित छ। स्थानिय व्यापारीहरूको भोलिको निर्णय संघको आगामी नेतृत्व र व्यापारिक नीति निर्माणमा ठूलो प्रभाव पार्नेछ।