प्राइम खबर संबाददाता | साउन १७, २०८२ शुक्रबार

अर्जुन तिमल्सिना


रौतहट । मानव अधिकार एलायन्सले चन्द्रपुर नगरपालिकामा नगर समिति गठन गरेको छ । आत्माराम ठाडाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।



नवनिर्मित समितिको सचिवमा अजयनाथ अधिकारी र कोषाध्यक्षमा सीतामाया मोक्तान चयन भएका छन । यस्तै प्रेमबहादुर रुम्बा, जनक श्रेष्ठ, विमला गोले, देवप्रसाद दाहाल र प्रेमशंकर मिश्र सदस्यमा चयन भएका छन ।
समितिको गठन तथा सपथ ग्रहण कार्यक्रम चन्द्रपुरमा आयोजना गरिएको थियो । कार्यक्रममा मानव अधिकार एलायन्सका मधेस प्रदेश अध्यक्ष अनिल तिवारी प्रमुख अतिथि थिए । नेकपा एमालेका प्रदेश सचिवालय सदस्य एवमं चन्द्रपुर नगर इञ्चार्ज विरबहादुर गोले कार्यक्रमका प्रमुख वक्ता थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले मधेसमै मानव अधिकारको क्षेत्रमा काम गर्ने पहिलो संस्था एलायन्सलाई अझ सशक्त र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता एलायन्सका रौतहट जिल्ला अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका रौतहट जिल्ला इञ्चार्ज अमरबहादुर आले, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लोकनाथ पहाडी लगायतको उपस्थिति थियो ।



कार्यक्रममा स्वागत मन्तव्य रामबहादुर घलानले राखेका थिए भने सञ्चालन प्रेमा कुमारी तिमिल्सिनाले गरेकी थिइन । नवगठित नगर समिति पदाधिकारीहरूलाई प्रदेश अध्यक्ष तिवारीले सपथ गराएका थिए ।