न्यूज डेस्क | साउन १२, २०८२ आइतबार
चन्द्रनिगाहपुरका उदायमान कलाकार आशिष लामा आगामी मंगलबारदेखि आफ्नो नयाँ म्यूजिक भिडियो "माया प्रिती" सार्वजनिक गर्दै छन्। उक्त गीतको संगीत भिडियो युट्युब च्यानल "सामतेन मोक्तान" मार्फत प्रदर्शनमा आउने छ, जसको समय दिउँसो ठीक ४ बजे तोकिएको छ।
गीतमा स्वरदाताहरू बिरु घलान र सुमिना लोको आवाज रहेको छ, भने संगीत सम्तेन मोक्तान तामाङले तयार गरेका छन्। मिक्स मास्टरिङको जिम्मा सानुबाबु घिसिङले लिएका छन्। यस भिडियोमा अभिनय आशिष लामा र सञ्जना गुरुङले गरेका छन्।
यस म्यूजिक भिडियोलाई कोरियोग्राफर लाक्पा दोर्जे तामाङले निर्देशन गरेका छन्, जसको कारण भिडियोलाई थप आकर्षक र समृद्ध बनाउन मद्दत पुगेको छ।
आशिष लामाले यस म्यूजिक भिडियोको बारेमा भनें, "यो गीत मेरो लागि विशेष छ, र म यसको प्रदर्शनलाई लिएर निकै उत्साहित छु। यस गीतको माधुर्य र भावनामा दर्शकले आफूलाई समाहित पाउनेछन्।"
सार्वजनिक म्यूजिक भिडियोलाई हेर्नका लागि दर्शकहरूले सामतेन मोक्तान युट्युब च्यानलमा गएर यसको आनंद लिन सक्नेछन्।