प्राइम खबर संबाददाता | माघ ९, २०७७ शुक्रबार

रौतहटको चन्द्रनिगाहपुरबाट कर्तब्य ज्यान मुद्दामा फरार तीनजना प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का प्रतिवादीहरु बर्ष ४४ का सुभाष पाण्डे , बर्ष ३६ का दिपक चौधरी  तथा बिमला देवि पाण्डेलाई जिल्ला अदालत रौतहटले २०६५ साल असार १ गते पक्राउ गर्न फैसला गरेको थियो । 
जिल्ला अदालत रौतहटले फरार रहेका उनीहरुलाई ५ महिना कैद र नगर  २० रुपैयाँ जरिवानाको फैसला गरेको थियो तर अदालतको सो फैसलासँगै तिनै जना फरार सूचीमा रहेका थिए ।
 अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत वादी नेपाल सरकार, प्रतिवादी सुवाश पाण्डे समेत भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीहरुको खोज तलास गर्ने क्रममा विहिबार रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ बाट प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत गौरमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।