न्यूज डेस्क | असार ११, २०८२ बुधबार

रौतहट प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ।


प्रहरी स्रोतका अनुसार, गौर स्थित विपी चोक भएर बसपार्क तर्फ गइरहेका ना.१ ह ७८९३ नम्वरको इ रिक्सालाई रोकेर चेकजाँच गर्दा चन्द्रपुर नगरपालिका–४ का हर्क बहादुर विकको २७ बर्षीय छोरा अजय विकलाई ठूलो परिमाणमा लागुऔषध सहित मंगलबार रौतहट प्रहरीले पक्राउ गरेको हो ।



विशेष सूचनाको आधारमा विपी चोकमा चेकजाँचको क्रममा भारतको बैरगनियाबाट यात्रुहरुलाई लिएर गौरको वसपार्क तर्फ आउदै गरेको उक्त इ रिक्सालाई रोकेर चेकजाँच गर्दा सेतो रंगको प्लाष्टिक भित्र हाँरलिक्स लेखिएको निलो रंगको कुटको डिब्बा भित्र लुकाइएको लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जानकारी दिएका छन्  ।

उक्त हाँरलिक्सको डिब्बा भित्र फेनेरेगन इन्जेक्सन १ सय १० एम्पुल, बुपरेर्नोफिन इन्जेक्सन १ सय १० एम्पुल, सेरेजैक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल, डाइजेपाम इन्जेक्सन ४६ एम्पुल गरेर ३ सय ३० थान प्रतिबन्धित इन्जेक्सन विकको साथबाट बरामद भएको डिएसपी रायले बताए ।



प्रहरीले लागुऔषध सहित पक्राउ परेका  विकलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गराएर हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।