न्यूज डेस्क | असार ११, २०८२ बुधबार

रौतहटको चन्द्रपुरमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं.१० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जय साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।
रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए । उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल चपुरमा लगिएको थियो । तर डाक्टरहरुले ८ः१५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।