न्यूज डेस्क | जेठ १९, २०८२ आइतबार

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


काठमाडौं स्थित नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले थापालाई नियन्त्रणमा लिइएको जानकारी दिए। ‘भिडलाई भड्काउन खोजेपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘अरू पनि नियन्त्रणमा छन्।’



नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन' समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ।



राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले 'जनआन्दोलन' गरिरहेको छ। केहीदिन अघिमात्र उनले आन्दोलनलाई बृहत बनाउन घरमा भएका श्रीमति समेत लिएर र श्रीमति नहुनेले गर्लफ्रेण्ड भएपनि लिएर आन्दोलनमा सहभागी हुन आग्रह समेत गरेर चर्चामा आएका थिए ।