न्यूज डेस्क | जेठ १७, २०८२ शुक्रबार

रौतहटमा बम बिस्‍फोट पछि इँट्टाभट्टामा जलाएर मारेको आरोप लागेका नेपाली कांग्रेसका नेता मो. आफताब आलमलाई सफाइ दिएका दुई न्यायाधीशहरूविरूद्ध उजुरी परेको छ ।


न्याय परिषदमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध उजुरी परेको स्रोतले बताएको छ ।  न्यायाधिसहरु बिरुद्ध युवराज पौडेल सफलले परिषदमा उजुरी दिएका हुन् ।



जिल्‍ला अदालत रौतहटले देखाएका आधारलाई बेवास्ता गरी फैसला गरेको भन्दै छानबिन गर्नुपर्ने माग राखिएको हो । गत बुधबार न्यायाधीशहरू थारू र महर्जनको इजलासले आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको हो ।



आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन् । जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्‍मकैदको फैला गरेको थियो ।