न्यूज डेस्क | जेठ १७, २०८२ शुक्रबार
आगामी आर्थिक वर्षको बजेटले युवा र उद्यमीलाई सम्बोधन गरेको भन्दै नाडा अटो मोबाइल एशोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले स्वागतयोग्य आएकाे बताएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आगामी आर्थिक वर्षको बजेटले नाडालाई पनि अर्थपूर्ण रुपमा सम्बोधन गरेको बताए ।
‘यो बजेटले नाडालाई अर्थपूर्ण रुपमा सम्बोधन गरेको छ । अर्थमन्त्रीज्यूलाई धन्यवाद,’ उनले भने, ‘उद्यमी र युवालाई प्रोत्साहन गरेको छ ।’
उनले भृकुटिमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने विषयले थप खुसी मिलेको पनि बताए ।
‘हामी नाडा अटो शो गर्ने भनेर जुन ठाउँ भएन भन्दा आजको दिनमा भृकुटिमण्डपलाई अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाउने भनिएको छ,’ उनले भने, ‘यो स्वागतयोग्य छ ।’
विद्युतीकरण, डिजिटलाइजेशन र बैंकिङ प्रणालीबारे कसरी कार्यान्वयन हुन्छ भन्ने महत्त्वपूर्ण हुने उनको भनाइ छ ।