न्यूज डेस्क | जेठ १७, २०८२ शुक्रबार
रौतहट जिल्लाको कटहरिया नगरपालिका–१ स्थित जमुनिया र भसेढवा बीचको पुल नजिक बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।
जमुनिया निवासी स्थानिय प्रिन्स कुमार दास गम्भीर घाइते भएका हुन् । उनी बा प्र ०२–०४५ प २२३० नम्बरको मोटरसाईकलमा सबार उनी बाटोमै मकै सुकाइएका कारण उनको सवारी नियन्त्रण गुम्दा दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
दुर्घटनामा परेर प्रिन्स कुमारको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई तत्काल स्थानीयहरूले उद्धार गरी कनकपुरस्थित एक निजी अस्पतालमा पुर्याइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको कटहरिया नगरपालिकाका स्थानिय राम प्रवेश दासले बताएका छन् ।
रौतहटका अधिकांश पालिकाका किसानहरुले सार्वजनिक बाटोमै मकैको बिस्कुन सुकाउने गरेका कारण बिभिन्न दुर्घटनाका समाचारहरु बाहिरीदै आएका छन् । कटहरीयामा भएको उक्त घटनामा पनि चक्का चिप्लिएर दुर्घटना भएको जनाइएको छ ।
सडकमा अन्नपात सुकाउने प्रवृत्ति पछिल्लो समय ग्रामीण क्षेत्रमा व्यापक भए पनि स्थानीय सरकार र प्रहरी प्रशासनले यस विषयमा कुनै प्रभावकारी निगरानी नगरेको गुनासो बढ्दै जान थालेका छन् ।
सडकमा बिस्कुन सुकाउने अभ्यास सार्वजनिक सुरक्षाको दृष्टिले जोखिमपूर्ण रहेको र यसले दुर्घटनाको जोखिम बढाउने भएकाले स्थानीय तह र प्रहरी प्रशासनले तत्काल निगरानी र कारबाहीको पहल गर्न आवश्यक रहेको बताउदै आएका छन् ।