न्यूज डेस्क | जेठ १६, २०८२ बिहिबार

सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सबै नेपालीलाई जीवनचक्रमा आधारित सुरक्षा प्रणालीमा आबद्ध गरिने घोषणा गरे। 
उनले नियमित आयआर्जन गर्ने व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिने र छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरी दिगो बनाइने बताए।
त्यस्तै सबै सामाजिक कार्यक्रमलाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने र अपांगता भएका व्यक्तिलाई घुम्ती टोलीमार्फत राष्ट्रिय परिचय पत्र वितरण गरिने उनले बताए।
त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमका नाममा प्रदेश र स्थानीय तहबाट दोहोरो भत्ता दिन नपाइने उनले बताए।