प्राइम खबर संबाददाता | बैशाख २७, २०७८ सोमबार

संसदले दिएन प्रधानमन्त्रीलाई विश्वासको मत  प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई संसदबाट बिश्वासको मत गुमेको छ । तत्काल कायम संसद संख्याको अल्पमत सदस्यहरुको मात्र बिश्वास ओली सरकारलाई प्राप्त भएको हुदां प्रधानमन्त्रि ओली पदमुक्त हुनेछन् ।  संसदमा पेश भएको अबिश्वास प्रस्ताबको लागी भएको भोटीगंमा ओली नेतृत्वको सरकारको पक्षमा ९३ मत तथा सरकारको बिपक्षमा १२४ मत परेको छ भने तटस्थ मत १५ रहेको जनाइएको छ । प्रधानमन्त्रीले बिश्वासको मत गुमाएर अल्पमतमा परेपछि अर्को सरकार गठनका निम्ति राष्ट्रपति समक्ष एमाले बाहेकका ठूला तीन पार्टीका नेताहरुले आग्रह गरेका छन् । सोमबारै संयुक्त प्रेश बिज्ञप्ती जारी गर्दै काँग्रेश सभापती शेरबहादुर देउबा, माओबादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले संयुक्त हस्ताक्षर गर्दै राष्ट्रपति समक्ष संबिधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठन गरी प्रधानमन्त्री नियुक्तका लागी प्रकृयाको प्रारम्भ गर्न राष्ट्रपति समक्ष आह्वान समेत गरेका छन ।