प्राइम खबर संबाददाता | माघ ८, २०७७ बिहिबार

रौतहट-  नेपाली काँग्रेस पार्टी नगर कमिटी चन्द्रपुरले प्रधानमन्त्री खड्ग प्रसाद ओलीद्वारा भएको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदमका विरुद्ध काँग्रेस पार्टी केन्द्रीय समितिको विरोध कार्यक्रम अनुसार देसभरीकै सबै वडाहरूमा भएको कार्यक्रम सँगै रौतहटको चन्द्रपुरमा पनि नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको वृहत जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिकाको १० वटै वडामा  विरोध कार्यक्रम आयोजना गरिएको हो । विरोध कार्यक्रम जिल्लाको १८ ओटै स्थानीय तहका प्रत्येक वडा वडामा  जनसमुदायको बाक्लो सहभागिता रहेको थियो । चन्द्रपुरका काँग्रेस कार्यकर्ताहरु चर्को नाराबाजी गर्दै  पार्टी कार्यालय आईपुगेको विरोध जुलुसले नगरको विभिन्न भाग परिक्रमा सँगै वडा नं एक स्थित पौराई बागमती पुगेर बृहत मोटरसाइकल र्याली सहित सहित गरेर चन्द्रपुर वडा नं १० स्थित कटरचौरीमा  सभामा परिणत भएको थियो । सभामा कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति सहित जनसमुदायको उल्लेख्य सहभागिता रहेका कारण व्यवस्थापनमा समेत हम्महम्मे परेको कांग्रेस नेता कल्याण कार्कीले बताएका छन् । काँग्रेस कार्यकर्ताको बाक्लो सहभागिताले कटरचौरी खचाखच भरिएको कार्यक्रममा प्रमुख अथिति संघीय संसद देवप्रसाद तिमल्सिना तथा विशिष्ठ अथितीहरुमा प्रदेशसभा सदस्य धनलाल  ठोकर तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी लगायत पार्टीका विभिन्न तह र तप्काका नेता नेता कार्यकर्ताको आथित्यमा रहेको  भएता पनि कार्यक्रमका अर्का विशिष्ठ अथिति नगरप्रमुख चौधरीको भने उपस्थित हुन नसकेको नेपाली कांग्रेस चन्द्रपुर नगरका युवानेता कल्याण कार्कीले जानकारी दिएका  छन् ।