न्यूज डेस्क | जेठ १३, २०८२ सोमबार

रौतहट, चन्द्रपुर – रौतहट जिल्लाको चन्द्रपुरमा साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। चन्द्रपुर नगरपालिका-४ स्थित होटल आरोहीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नगरप्रमुख सन्जय कुमार काफ्लेले पानसमा बत्ती बालेर गरेका थिए।


कार्यक्रममा साइबर सुरक्षाको महत्त्व, डिजिटल जोखिम, एआई प्रविधिको प्रयोग र सम्भावित चुनौतीका विषयमा विस्तृत जानकारी दिइएको थियो। सहभागीहरुलाई डिजिटल साक्षरता, डेटा संरक्षण, तथा सामाजिक सञ्जालमा सुरक्षित रहने तरिकाबारे समेत प्रशिक्षण दिइएको थियो ।



उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहट शाखाको सहकार्यमा मधेश प्रदेश सरकार आम सञ्चार प्राधिकरणको आयोजनामा गरिएको हो। आयोजक संस्थाले भविष्यमा यस्ता कार्यक्रमलाई अझै प्रभावकारी र फराकिलो बनाउने योजना रहेको जनाएको छ।



नगरप्रमुख काफ्लेले प्रविधिको द्रुत विकाससँगै साइबर सुरक्षा र एआईबारे जनचेतना अत्यावश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।



कार्यक्रमको आयोजना चन्द्रपुर नगरपालिकाको सहकार्यमा गरिएको हो। आयोजक संस्था र प्रशिक्षकहरुले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा मधेश प्रदेश आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षक जीवन भण्डारीले एआई (कृत्रिम बुद्धिमत्ता) को वर्तमान प्रयोग, भावी सम्भावना र सामाजिक प्रभावबारे जानकारी दिएका थिए। यस्तै, अर्का प्रशिक्षक प्रकाश मैनालीले साइबर सुरक्षा सम्बन्धी डिजिटल जोखिम, व्यक्तिगत तथा संस्थागत डेटा संरक्षणका उपाय र सुरक्षित इन्टरनेट प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए।

नगरप्रमुख काफ्लेले प्रविधिको तीव्र विकाससँगै डिजिटल चेतना अपरिहार्य भएको उल्लेख गर्दै यस्ता अभिमुखिकरण कार्यक्रमहरूले नागरिकमा साइबर सुरक्षाप्रति सचेतना बढाउने विश्वास व्यक्त गरेका थिए।