प्राइम खबर संबाददाता | बैशाख २७, २०७८ सोमबार
रौतहटमा जारी निषेधाज्ञाको बाबजुत पनि चपुरमा बकाईदा फुटपाथ ब्यापार संचालनमा आएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका स्थित वडा नंम्बर ६ वडा कार्यालयसंगै रहेको शिब मन्दिर अगाडी प्रशासनको निषेधाज्ञालाई अटेर गर्दै फुटपाथ ब्यापारीले धमाधम ब्यापार सुरु गरेका छन् ।
जिल्लामा कोरोना संक्रमितको हबस्था दिन प्रतिदिन उकालो लाग्दो अबस्थाको रहेको हुदां स्थानिय प्रशासनले कडाई गर्दै निषेधाज्ञा जारी गरेको हो । चन्द्रपुर नगरपालिकाले पनि यस अघि नै नगरक्षेत्रमा लाग्ने सम्पुर्ण हाटबजारहरु बन्द गर्न सुचना समेत जारी गरीसकेपछि ब्यापारी ब्यापारी फुटपाथमा ब्यापार गर्न थालेका छन् ।
राजमार्गमा मात्र सुरक्षा जाँचमा कडाइ भएतापनि ग्रामिण भेग लगायतका सहायक सडकहरुमा भने प्रशासनको उपस्थिती कमजोर भएका कारण स्थानियहरु तथा फुटपाथ ब्यापारीले अटेर गरेर निषेधाज्ञाको पालना नगरेको शम्भु सिंहको ठम्याई रहेको छ ।
रौतहटमा मात्र सोमबार सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० जाना नाघिसकेको छ भने कुल संक्रमितको संख्या ३ सय ८७ जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।