न्यूज डेस्क | जेठ ११, २०८२ शनिबार
रौतहट। चन्द्रपुरमा रहेका विद्यालय क्षेत्रमा मदिरा एबम् सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लाग्ने भएको छ।
चन्द्रपुर नगरपालिका वडा नं.८ को शुक्रबार बसेको सर्वदलिय बैठकको निर्णयनुसार विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्र कुमार चौधरीले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याउन अनुरोध गरेका छन्।
वडा अध्यक्ष चौधरीको उक्त निर्णयलाई स्थानीयले स्वागत योग्य भन्दै प्रशंसा गरेका छन्। विद्यालयमा अध्ययनरत बालबालिका लाई कुलतको सिकार बनाउन सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगकर्ताको देखासिकीका कारण हुनसक्ने दुव्र्यसनको सम्भावनालाई न्यूनीकरण गर्न वडा तहबाटै नीतिगत रुपमा सुरुवात गरिएको वडा अध्यक्ष चौधरीले बताए ।
वडामा पर्ने सम्पूर्ण सरकारी सामुदायिक बिधालयहरु लगाएत निजी बिधालयहरु समेतको एकसय मिटरको हात्ता भित्र जाँड रक्सी, चुरोट, सुर्ती जन्य पदार्थ पसलहरुमा बेचविखन समेत नगर्न नगराउन वडा कार्यालयले अनुरोध गरेको छ ।
यद्यपि सूचनाको अटेर गर्दै निर्णय कार्यान्वयन नगरी अटेर गरेर बेचविखन गरेको पाईएमा प्रचलित ऐन कानुन वमोजिम कार्यवाही हुने वडा अध्यक्ष चौधरीले प्राइम खबरलाई बताएका छन्।