प्राइम खबर संबाददाता | बैशाख २५, २०७८ शनिबार

रौतहट बचत तथा ऋण सहकारी संघले स्थानीय सरकार चन्द्रपुर नगरपालिका लाई सो नगरपालिकाले संचालनमा ल्याएको आईसोलेसनमा बस्ने कोरोना संक्रमित बिरामीहरुका लागी आबश्यक पर्ने औषधिहरु सहयोग गरेको छ । शनिबार एक औपचारीक कार्यक्रम गर्दै संघले नगरप्रमुख रामचन्द्र चौधरीलाई आबश्यक औषधिहरु सहयोग गरेको संघकी अध्यक्ष देबकी नेपालले बताइन् । चन्द्रनिगाहपुरमा भएको हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारीहरु तथा चन्द्रपुुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान लगायत न्यूनतमको उपस्थिती रहेको थियो । संघमा आबद्ध बिभिन्न सहकारी सस्थाहरुको सहयोगबाट संघले कोरोना अस्थायी अस्पताल आईसोलेसनलाई १ लाख दशहजार बराबरको अ‍ैषधि तथा पानीको सहयोग गरीएको अध्यक्ष नेपालले जानकारी दिईन् ।