प्राइम खबर संबाददाता | बैशाख २४, २०७८ शुक्रबार
नेपाली कांग्रेसले भोलि शनिबार पार्टी संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजेकालािग बैठक बोलाएको हो ।
प्रमुख प्रतिपक्षी दल समेत रहेको काग्रेसले बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिए । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको गत मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो ।