प्राइम खबर संबाददाता | बैशाख २३, २०७८ बिहिबार

गण्डकी प्रदेशसभा बैठक यही २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सो निर्णय गरेको हो ।
गत १३ गतेदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल चलेको थियो । 
१५ गते मतदानको कार्यलालिका रहेपनि जनमोर्चाका सांसद विक्रम शाही अनुपस्थित थिए ।


 सोहि पार्टीले आफ्ना सम्पर्कविहिन भएका सांसदको खोजिगर्न माग गर्दै दिएको निवेदनको आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालकालागि बैठक स्थगित गरेका थिए । यद्यपी हराएका भनिएका सांसद सोही दिन चरक अस्पतालमा उपचाररत भएको खवर बाहिरिएको थियो । २७ गते  सोमबार नै मतदान हुने बताइएको छ । गण्डकीमा ६० जना सांसद छन् । एमालेका २७ जना, स्वतन्त्रका उम्मेदवार १ जना, नेपाली कांग्रेसका १५ जना, माओवादी केन्द्रका सभामुख सहित १२ जना, जसपाका २ जना र जनमोर्चाका ३ जना सांसद छन् । गण्डकीका बहुमतको सरकार बनाउन ३१ जनाको समर्थन चाहिन्छ ।