प्राइम खबर संबाददाता | माघ ६, २०७७ बुधबार

रौतहटको गुजरा नगरपालिकाको जंगलसहियाबाट साल प्रजातिको रुख काटी टायर गाडामा ल्याउदै गरेको ६ थान गोलिया वन गस्ति टोलीले पक्राउ गरेको छ । सोमबार काठ तस्करहरुले सो काठ ल्याउदै गरेको अबस्थामा जंगलसहिया सब डिभिजन वन कार्यालय रौतहटका जम्दार सागिर मियाको कमाण्डमा खटेको वन गस्ति टोलीले काठसहित गोरु र टायर पक्राउ गरेको हो । सो टोलीले नियन्त्रणमा लिइएको सो काठसहित थप कारवाही गर्नको लागी जिल्ला डिभिजन वन कार्यालय रौतहटमा पेश गरिएको डिभिजन बन् कार्यालय रौतहटले जनाएको छ।